नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएका छन् । उनी हिजो साँझ टीका लगाउन ओली निवास बालकोट पुुगेका हुन् ।
नेम्वाङ बालकोट छिर्दा उनका अंगरक्षक (पीएसओ) ले झोलामा ३ बोत्तल ले’बल वाला ‘स’गुन’ बोकेर लगेको स्रोतले जनाएको छ । स्रोतका अनुुसार नेम्वाङ आफू रेड वा’इनबाहेक ह्वि’स्की पिउदैँनन् ।
ओली हिजो एकै दिन तीन ठाउँमा विजया दशमीको टीका र जमरा ग्रहण तथा प्रदान कार्यक्रममा सरिक भए । ओली दम्पत्ती शीतल निवास पुगेर राष्ट्रपतिबाट दसैँको टीका लगाएका थिए।
बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा बिहान ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठुलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थाप्न दिउँसो शीतल निवास पुगेका थिए ।
गृह जिल्ला झापामा रहँदा उनले केही बालबालिकासहित सर्वसाधरणका लागि पनि टिका लगाइदिएका थिए ।त्यताबाट बालकोट फर्केर पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई साँझ टीका लगाउन थाले ।
तीन दिन सुनसान भएको बालकोट निवासमा हिजो साँझदेखि एक्का’सी चहलपहल बढेको देखियो । हिजो साँझ अध्यक्ष ओलीले सबैभन्दा पहिले उपाध्यक्ष विष्णु पौडेललाई टीका लगाए ।
टीका लगाउने क्रममा अध्यक्ष ओलीले अधिकांशलाई आर्शिवादको रुपमा आगामी निर्वाचनमा सफलताको शुभकामना दिएको बताइउको छ । काठमाडौं महागरपालिकाकी उपमेयर सुनिता डंगोल पनि बालकोट पुगेको त्यहाँ उपस्थित एक जना सहभागीले बताए ।
यस्तै, ओली र नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मावीच भद्रपुर विमानस्थलमा जम्काभेट भएको छ । दशैं मानेर गृह जिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा बुधबार भद्रपुर एयरपोर्टमा ओली र शर्माको भेट भएको थियो ।
एयरपोर्टमा दुई नेताबीच करिब ४५ मिनेट संवाद भएको हो। भेटका क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस महामन्त्री शर्मासँग गठबन्धनका विषयमा जिज्ञासा राखेका थिए ।
जवाफमा शर्माले गठबन्धनले स्पष्ट बहुमत ल्याउने गरी अघि बढेको बताए । ओलीले भने गठबन्धनमा आवद्ध दलहरुको तालमेलले एमालेलाई जित निकाल्न सहज भएको जवाफ फर्काएका छन् ।

