सन्दीप लामिछाने आज नेपाल फर्किएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न गएका उनी टिमबाट हटाइएपछि नेपाल फर्किने बताउदैँ आएका थिए । तर एक महिना उनी देशबाहिरै बसे ।
टिमबाट हटाइएपछि उनी जमैकाबाट हिँडे तर नेपाल आएनन्। पटक-पटक फेसबुकमा लेख्दै आफूलाई लागेको आ’रोपको प्रति’वाद गरे पनि नेपाल नफर्किएपछि प्रहरीले प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको शाखाबाट उनको नाममा डिफ्यु’जन नो’टिस जारी गरेपछि बाध्य भएर उनी बिहीबार नेपाल आएका हुुन्।
उनी कतार एयरलाइन्सबाट दोहा हुँदै नेपाल आएका थिए। उनी एक महिना अमेरिकामा बसेका थिए। उनी जमैकाबाट नेपाल आउने भनेर अमेरिका गएर बसे।
उनी अमेरिकाबाटै नेपाल फर्किएका हुन्। स्रोतका अनुसार उनले फेसबुकमा लेखेको आधारमा नेपालमा रहेको इन्टरपोलको शाखाले अमेरिकामा रहेको इन्ट’रपोल शाखासँग समन्वय गरेको थियो।
जमैकामा हुँदै उनी वि’रुद्ध डिफ्यु’जन नो’टिस जारी भएको भए उनीसँग नेपाल फर्कने बाहेक दोस्रो विकल्प हुने थिएन। तर सन्दीप नाबालिग ब’लात्का रको आ’रोपित भएको का’नुनी जानकारी नहुँदा उनले त्यसको फाइदा लिँदै अमेरिका गए।
जानकार स्रोतका अनुसार उनी आफू नि’र्दोष रहेको दाबी गर्दै नेपाल फर्किएर कानुनी ल’डाई लड्ने दाबी गरे पनि नेपाल फर्कन चाहँदैनथे। इन्टरपोलको नो’टिसमै परेपछि उनलाई अमेरिकामा बस्न सहज भएन र बाध्य भएरु आत्म’समर्प’ण भन्दै नेपाल आए।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। मु’द्दाको सबै प्रक्रिया गौशालाबाटै हुनेछ। तर त्यहाँको हि’रासत सहज नभएकाले अन्यत्र सार्ने सम्भावना छ।
‘जा’हेरी जहाँ दर्ता भएको हो अनुसन्धान र अन्य कानुनी प्रक्रिया गौशालाबाटै हुन्छु काठमाडौं परिसरका एसपी दिनेश मैनालीले भने ‘अहिले गौशालाकै हिरा’सतमा छन्, अवस्था हेरेर अन्य हिरा’सतमा राख्न पनि सकिन्छ।’
प्रहरीले उनको आजै स्वास्थ्य परीक्षण गराउने छ । प’क्राउ आदेश जारी भए पनि न्या’यिक हिरा’सतको अनुमति आएको छैन।

