नागरिक पत्र, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने यतिबेला प्रहरी वृत गौशालामा छन् । आज बिहान ११ बजे कतार एयरवेजको विमानबाट सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका थिए ।
गौशालाबाट स्वा’स्थ्य परिक्षणका लागि सिनामंगलस्थित काठमाडौं मडिकल कलेज लगिएका सन्दीपलाई पुन: प्रहरी वृत गौशाला पुर्याएको हो । उनलाई आइतबार अदालत उपस्थित गराइने छ ।
शुक्रबार सम्म दशै विदा र पर्सी शनिबार भएका कारण अदालत बन्द छ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने बताइएको छ ।
उनी केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई ब’लत्कार गरेको भन्दै ना’बालिगले कि’टानी जा’हेरी दिएकी थिइन् ।
भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक ब’ला त्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटा’नी जा’हेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरु’द्ध प’क्राउ पु’र्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरु’द्ध डिफ्यु’ज नोटिस जारी गरेको थियो ।
आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेलाई पनि उपस्थितिमा लागि स्वीकृती दिन सन्दीपले गरेको आग्रहलाई पुलिसले स्वीकार गरेन । विदेशमै रहेका बखत सन्दीपले आफूले आत्म सम’पर्ण गर्ने र निर्देश सावि’त गर्नका लागि कानुनी लडा’ई लड्ने बताएका थिए ।
सन्दीपले आफूविरु’द्ध लागेको आ’रोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्या’य पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।
अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए । ‘तर म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ । गौशालामा आएपछि भेटौं भनेर बसें,’ उनले भने, उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।’
अधिवक्ता घिमिरे भर्खरै सन्दीपलाई भेटेर फर्किएका छन् । उनले आफूू ल’ड्ने बताएको उनले उद्धत गर्दै बताएका छन् । ‘सन्दीपको आफ्नो लगजहरु उनको आफन्तलाई बुुझाउने काम भयो’, उनले भने ।

