नागरिक पत्र, काठमाडौँ । बीसको दशकमै करियरको उच्चतम बिन्दुु चुुमेर देश विदेशमा ख्याती कमाएका क्रिकेटर सन्दीप लामिछानेको जीवनमा एकाएक हलचल भएको छ । अमेरिकाबाट दोहा हुँदै बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछाने पहिले स्वागत हुने गरेकोमा यसपटक प्रहरीको नि’यन्त्रणमा पुुगे ।
प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्क’डी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने । बाहिर सञ्चारकर्मीहरु तस्वीर लिन बसेको देखेपछि का’लो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनले गोजीबाट रुमाल झिके । र, ह’त्कडी लुकाउने प्रयास गरे ।
जुनसुकै बेला प’क्राउ पर्नसक्ने चाल पाएपछि उनी अमेरिकाबाट फर्किएको बताइएको छ । अहिले नफर्किएको भए पनि दुई साताभित्र डि’पोर्ट भएर नेपाल आउँथे ।
निल’म्बित भएपछि लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा नेपालको का नून मान्ने र आफूमाथि लागेको अभि’योगको सामना गर्ने भन्दै स्ट्याटस लेखे । उनले त्यसबेला जमैकामा चलिरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको बताएका थिए ।
अनुसन्धा नमा सं लग्न एक अधिकृतका अनुसार यो बीचमा लामिछानेले अमेरिका पुगेको खुलेको छ । अनुस-न्धान अधिकृतहरूका अनुसार इन्टर.पोलका कारण नै लामिछाने नेपाल फर्किएका हुन् ।
पछिल्लो समय क्यानसँग पनि सम्पर्कबाहिर भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अप’राध प्रहरी संगठन (इ’न्टरपोल) मार्फत उनलाई नेपाल झिकाउने प्रक्रिया अघि बढाएको थियो ।
इन्ट’रपोलको नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी), काठमाडौंको अनुरोधमा इ’न्टरपोल हेडक्वार्टरले डिफ्यू’जन नोटिस जारी गरेपछि १९५ देशका प्रहरीसमक्ष लामिछानेबारे सूचना पुगेको थियो ।
एक प्रहरी अधिकारीका अनुसार नो’टिस जारी हुने वित्तिकै उनी अमेरिका पुगेको सूचना आएको थियो । ए’फबीआईले लामिछानेलाई फ्लो’रिडास्थित एक होटलमा लो’केट गरिएको सूचना नेपाल प्रहरीलाई पठाएको प्रहरी स्रोतले जनाएको छ ।
त्यहाँ एफ’बीआईले उनको गतिविधिबारे नि’गरानी बढाउन थालेपछि लामिछाने झस्किएका थिए । अनु’सन्धान अधिकृतहरुका अनुसार डि’फ्यूजन नो’टिस जारी भएपछि अ’दालती प्रक्रिया पूरा गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको थियो ।
अब सन्दीपको ब’यान लिएर प्रहरीले अनुस’न्धान अगाडि बढाउनेछ । सन्दीपको तर्फबाट भने अधिवक्ता सरोज घिमिरेले बह’स गर्नेछन् । प्रहरीमा जा’हेरी परेदेखि नै उनी सन्दीपसँग सम्पर्कमा रहेको खुुलेको छ ।
सन्दीपका वकि’ल घिमिरेले दिउँसो गौशाला वृ’त्तमा सन्दीपलाई भेटेर केही बेर कुराकानी गरेका छन्। उनको भनाइ अनुसार सन्दीप आत्मविश्वासी देखिएका थिए । भेटमा सन्दीपको स्वा’स्थ्य लगायतका विषयमा सामान्य कुरा भएको घिमिरेले बताए ।

