राष्ट्रपति विद्यादेवी भण्डारी अस्प’ताल भर्ना भएकी छिन् । उनी त्रिवि शिक्षण अस्प’ताल, महाराजगञ्जमा गएको बताइएको छ । स्वा’स्थ्यमा सम’स्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परी’क्षणका लागि गएकी हुुन् ।
शुक्रबार बेलुकादेखि स्वास्थ्यमा स’मस्या आएकी उनी आज शनिबार अस्प’ताल पुगेको उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए ।
‘राष्ट्रपति ज्यु ज्व’रो आएपछि प’रीक्षणका लागि त्रिवि शिक्षण अस्प’ताल जानुभएको छ’, उनले भने,’ डाक्टरहरूले प’रीक्षण गरिरहेका छन् । अस्प’तालमै बस्ने या फर्किने भन्नेबारे निर्णय जाँ’चपछि डाक्टरले दिने सल्लाह अनुसार हुन्छ ।’
यो पनिः अझै तीन दिन वर्षा
मनसुन न्यून चापीय क्षेत्रको अ’सरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उनले भनिन्, “अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।”
नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि वर्षा भइरहे पनि विगतका दिनभन्दा कम अ’सर पर्ने मौसमविद् महर्जनले बताइन् । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चा’पीय क्षेत्रको अ’सर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ ।

