नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा भीम रावललाई पार्टीले टिकट नदिएपछि अछामको राजनीतिमा त’रंग पैदा भएको छ । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावललाई अध्यक्ष केपी शर्मा ओलीले बाइपास गरेका छन् ।
योसँगै अछाममा एमाले नेताहरुले वि’द्रोहको तयारी समेत गरेका छन्। एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन्। त्यसका लागि शनिबार दिउँसो रावलनिकट नेताहरुले अछाममा भेला गरिरहेका छन्।
रावललाई टिकटबाट वञ्चित गराइएको ख’बरलगत्तै निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले एमालेको अन्तरपार्टी निर्देशनबमोजिम क्षेत्रीय समन्वय कमिटीले गरेको सिफारिसलाई नेतृत्वले लत्या’एको भन्दै राजीनामा दिएका हुन् ।

गत भदौ १९ गते जिल्ला इञ्चार्ज झपट बोहोराको प्रमुख आतिथ्यमा निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको सर्वसम्मत निर्णयमा डा. रावलको नाम एकल सिफारिस भएको शाहको राजीनामामा उल्लेख छ ।
तर पार्टी केन्द्रले तल्ला कमिटीले गरेको सर्वसम्मत सिफारिसलाई लत्याएपछि आफू समन्वय कमिटीको संयोजक पदमा बस्न नै’तिकताले नदिएको भन्दै आजैका मितिदेखि क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको लिखित जानकारी गराएका छन् ।
रावलले भने यसबारे आधिकारिक प्रतिक्रिया जनाएका छैनन्। ‘एकल सिफारिसमा परेका उम्मेदवार (भीम रावल कमरेडको) टिकट खोसेर अरुलाई दिनु षड्य’न्त्र पूर्ण छ,’ एक एमाले नेताले भने, ‘पार्टी नेतृत्वले गलत कदम उठायो। क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिँदैछौँ।’
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन्। तर बोहराले चुनाव लड्नै नचाहेको एमाले नेताहरुले बताएका छन्। ज’बर्ज स्ति उनलाई टिकट दिइएको बताइएको छ।
एमाले नेता रावलले अछामबाट विसं २०४८ सालदेखि नै चुनाव ल’ड्दै आएका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए। रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटे’को कारण फेरि चुनाव हा’रे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए।

