नेकपा एमालेका नेता घनश्याम भुसालको कदमपछि पार्टीका नेता कार्यतकर्ता तथा राजनीतिक क्षेत्रका जिज्ञासुुहरुको ध्यान अर्का नेता भीम रावलतिर ध्यान मोडिएको छ । आगामी निर्वाचनमा टिकट नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि एमालेमा रहेको केही नेताहरु बाहिरिन थालेका छन् ।
२०७४ को निर्वाचनमा आफूले विजय हासिल गरेको रुपन्देही–३ मा एमालेले उपाध्यक्ष दीपक बोहोरालाई सघाउने भएपछि एमाले स्थायी समिति सदस्य समेत रहेका भुसालले केही घण्टाअघि मात्रै एमाले परित्याग घोषणा गरिसकेका छन्।
एमालेभित्र भुसाल भन्दा पनि रावल अध्यक्ष ओलीको बढी आ’लोचक मानिन्थे। चितवनमा गत मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा रावलले अध्यक्ष ओलीविरु’द्ध उम्मेदवारी नै दिएका थिए।
‘घनश्यामजी जस्तै म पनि पार्टीबाट उम्मेदवार बन्न बञ्चित भएको व्यक्ति हुँ’, भुसालको एमालेबाट राजीनामा लगत्तै आफ्नो योजनाबारे रावलले भने, ‘के गर्ने भन्ने कुरा अध्ययन गर्दैछु।’
‘रावलले भुुसालको निर्णयमा केही टिप्पणी नगर्ने बताएका छन् । आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनले बताए।
‘म आफैंलाई पनि उम्मेदवारीबाट रोकिएको छ। यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु। आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,’ रावलले भने।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम-१ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ।
यता, नेता भुुसाललाई सत्तारुढ गठबन्धनले माओवादीले पाएको टिकटबाट रुपन्देही ३ मा उम्म्ेद्वार बन्न सुुझाएको स्रोतले जनाएको छ । तर उनले भने स्वतन्त्र उम्मेद्वारीको तयारी गरेका छन् । भुुसाल माओवादीकै हँ’सिया हथौडा चिह्नबाट लड्ने सम्भावना छ ।
उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगले असोज २३ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।

