नेपाली काँग्रेसले मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यमा अर्कैलाई टिकट दिएपछि नेता डा. मिनेन्द्र रिजाल फायर भएका छन् । सो क्षेत्रबाट काँग्रेसले गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई उम्मेदवार बनाएपछि रिजाल अर्को विकल्पतिर लागेका छन् ।
उनले एमाले अध्यक्ष केपी ओलीसँग टिकट मागेको स्रोतले जनाएको छ । पार्टीले टिकट नदिएको भन्दै रिजालले ओलीसँग टिकट मागेका हुन् । ओलीले स्पष्ट जवाफ नदिएको एमाले श्रोतले जनायो ।
‘डा. मिनेन्द्र रिजाले देउवाले टिकट दिएनन, तपाईंले दिनुप(यो भनेर आउनुभएको थियो’, ओलीनिकट श्रोतले भन्यो, ‘अन्तिम समयमा मात्र प्रस्ताव आएकाले गाह्रो भएको जवाफ ओली कमरेडले दिनुभयो ।’ रिजाल सूर्य चिन्हबाटै भए पनि चुनाव लड्ने मनस्थितिमा रहेको दाबी उनले गरे ।
पार्टी महाधिवेशनमा आफूलाई सहयोग गरेको बदलामा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सुजातालाई टिकट दिएका हुन् । श्रोतका अनुसार ओली झापा जानुअघि रिजालले शनिबार उनकै निवास बालकोट पुगेर भेटेका थिए ।
उनले मोरङको दुई नभए ४ बाट भए पनि टिकट दिन ओलीलाई आग्रह गरेका छन् । मोरङ–४ मा एमालेले विनजोद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका अमनलाल मोदी उम्मेदवार छन् ।
क्षेत्र नम्बर–२ मा एमालेले ऋषिकेष पोखरेललाई उम्मेदवार उठाएको छ । पोखरेल ०७४ को निर्वाचनमा डा। रिजालसँग पराजित भएका थिए । काँग्रेसले रिजाललाई काठमाडौँ–५ बाट उम्मेदवार बनाउने तयारी गरे पनि उनले अस्वीकार गरेका छन् ।
काठमाडौँ–५ मा एमालेका ईश्वर पोखरेसँगै चुनाव लड्दै आएका डा। प्रकाशशरण महत समानुपातिकामा बसेपछि काँग्रेसले उक्त क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छैन ।
पार्टीको क्षेत्रीय समितिले सुजाता र मिनेन्द्रको नाम सिफारिस गरेको थियो । टिकट भने सुजाताले पाएकी हुन् । गिरिजाप्रसाद यही क्षेत्रबाट चुनाव लड्थे ।
२०७४ सालको चुनावमा वाम गठबन्धनका उम्मेदवार पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाले मोरङ २ बाट चुनाव लड्ने गरी टिकट पाएकी छन् ।

