पूूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने क्षेत्रको टुंगो लागेको छ । उनले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका हुन् ।
चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् । रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । हरेकपटक निर्वाचनमा फरक फरक क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक गृहजिल्ला चितवन दोहोर्याउन चाहेनन् ।
नेपाली राजनीतिका किंगमेकर मानिएका प्रचण्डले यसपटक फेरी नयाँ क्षेत्र किन रोजे त रु कतिपय चितवन जित्ने सम्भावना भएपनि मेहनत धेरै गर्नुपर्ने र गठबन्धनको सबै मत आउन नसक्ने आँकलन गरेर गोरखा रोजेको टिप्पणी गरेका छन् । तर प्रचण्डको विगत हेर्दा यो कारण नै पर्याप्त भने देखिँदैन ।
प्रचण्ड राजनीतिमा सबैभन्दा गतिशील नेता हुन । यथास्थितिमा बस्न नचाहने प्रचण्डको यही गतिशीलताले नै उनले यसपटक समेत फरक क्षेत्र रोजेको देखिन्छ । प्रचण्ड सचिवालयले पनि संसदवादमा आफ्नो मात्रै निर्वाचन क्षेत्र भनेर साँ’घुरोरुपमा राजनीतिलाई नबुझ्ने भएर नै प्रचण्डले क्षेत्र फरक रोजेको दावी गरेको छ ।
नेपालको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको विशिष्ट योगदान भएकोले त्यसको कदर गर्न समेत प्रचण्डले गोरखा रोजेको माओवादीको दावी छ । प्रचण्डलाई गोरखा माओवादीले समेत उम्मेदवारका लागि सिफारिस गरेको थियो । त्यसो त प्रचण्डका लागि देशका कैयन अन्य क्षेत्रबाट समेत सिफारिस नआएको होइन ।

