प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी तनावमा देखिएका छन् । उम्मेदवारी मनोनयनका लागि अर्घाखाँचीमा रहेका उनको मनमा चिसो पसेको बुुझिएको छ ।
आइतबार सन्धिखर्कस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका उनले फोटो खिच्ने क्रममा पनि तनावमै देखिएका हुुन् । २०६४ सालदेखि निरन्तर तीन पटक निर्वाचित हुँदै आएका रायमाझी यसपटक भने फरक पार्टीबाट निर्वाचन लड्दैछन् । नेकपा विभाजनपछि माओवादी छोडेर एमालेमै बसेका उनले पछिल्लो समय मनस्थिति परिवर्तन गरेको चर्चा हुँदै आएको छ ।
दुई साता अघि मात्रै पनि रायमाझीले माओवादी अध्यक्ष प्रचण्डका सहयोगीलाई भेटेर आफू फर्किन चाहेको बताएका थिए । पहिलो र दोस्रो संविधानसभामा माओवादीकै बलमा चुनाव जितेका उनले २०७४ को वाम–गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चाको सहयोगमा चुनाव जितेका थिए ।
पटक पटक मन्त्रीसहित उपप्रधानमन्त्रीसम्म भएका रायमाझी केपी शर्मा ओलीका अत्यन्तै निकट मानिन्छन् । रायमाझी चौथो पटक चुनाव लड्दै गरेका रायमाझी सधै जसो प्रफुल्लित मुद्रामा हुने नेता हुन् । तर यसपटक भने उनको अनुहारमा न प्रफुल्लता छ न त चमक नै ।
रायमाझीले एमालेबाट अतिकट पाउँदा एमालेका पुराना नेताहरू रु’ष्ट बनेको चर्चा छ । एमाले भित्रैबाट अ’न्तर्घात हुने संकेत देखेपछि उनले मनस्थिति परिवर्तन गरेर गठबन्धनसँग बार्गे’निङ गरेको नेताहरू बताउने गरेका छन् ।
०७४ को जस्तो यसपटक माओवादी र राष्ट्रिय जनमोर्चा उनको साथमा छैन । तर, ०७९ को स्थानीय तह निर्वाचनमा धेरै पालिका जितेपछि रायमाझी उत्साहित थिए । पछिल्लो जिल्ला बसाईबाट उनी केहि ह’तोत्साहित भएको बताइन्छ । गठबन्धनले कांग्रेसको तर्फबाट उपसभामुख पुष्पा भुसाल गौतमलाई उम्मेदवार बनाएको छ ।

