प्रतिनिधिसभा सदस्यको चुुनावको उम्मेदवार मनोनयनअघि माओवादीमा पहिरो गएको छ । एकैदिन कास्की माओवादीका ३७ नेताले सामूहिक राजीनामा बुझाएपछि पार्टीलाई ठूूलो धक्का लागेको हो ।
आइतबार कास्की क्षेत्र नम्बर ३ (क)मा टुरिस्ट उम्मेदवार उठाएको भन्दै ३७ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेललगायतका नेताले आइतबार राजीनामा बुझाएका छन् ।
‘प्रदेश ३ क को उम्मेदवार प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरूले संयुक्त राजीनामा दिएका छौँ,’ पत्रमा उल्लेख छ ।
गठबन्धनको तर्फबाट माओवादीले कास्की ३ (क) मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी प्रति यहाँका माओवादी नेता कार्यकर्ता रु’ष्ट छन् ।
यो पनिः रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी दर्ता
रुकुमपूर्वबाट २६ जनाको मनोनयन दर्ता भएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो।
प्रतिनिधिसभा सदस्य तर्फ छ र प्रदेशसभा सदस्यतर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

