क्रिकेटर सन्दीप लामिछानेसँग भेट्न नपाएको भन्दै अर्का क्रिकेटर सोमपाल कामीले गुु’नासो गरेका छन् । सन्दीप असोज २० देखि ब’लात्कार अ’भियोगमा प्रहरी बृत्त गौशालाको हि’रा’सतमा राखिएका छन् ।
तीन दिनदेखि गौशाला बृत्त पुग्दै फर्किरहेका उनले अनेक ब’हानामा प्रहरीले आफूलाई सन्दीपसँग भेट्न नदिएको बताएका छन्। ‘तीन दिनदेखि सन्दीपलाई भेट्न धाइरहेको छु।
तर विभिन्न ब’हाना गरेर भेट्न दिएको छैन’, उनले भने, ‘कहिले कहाँ लिएर जाने, कहिले कहाँ लिएर जाने भनेर प्रहरीले झुलाइरहेको छ।’
सोमबार पनि बृत्तमा पुगेका सोमपाललाई सन्दीपसँग भेट्न दिएन। सन्दीपलाई सोमबार प्रहरीले म्या’द थपका लागि जिल्ला अदा लत काठमाडौंमा ल्याएको छ।
यो पनि पढ्नुुहोस्ः युएईमाथि वेस्टइन्डिजको जित
आइसिसी टि२० विश्वकप वार्मअप खेलमा वेस्टइन्डिजले युएईमाथि १७ रनको कठिन जित हात पारेको छ । जितको लागि १ सय ५२ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गु’माउँदै १ सय ३६ रन बनायो ।
युएईका मोहम्मद वासिमले ५२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६९ रन बनाए । जवाद फरिद १४ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर चिराग सुरी ९, सिपी रिजवान १ र वृत्य अरविन्द ९ रनमा आउट भए । वेस्टइन्डिजका रायमन रिफरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ओबेद म्याककोय र ओडेन स्मिथले एक एक विकेट लिए ।
मेलबर्नमा टस हा’रेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । वेस्टइन्डिजका ब्रेन्डन किंगले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।
निकोलस पुरन ३१ बलमा ५ छक्कासहित ४६ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका जुनैद सिद्दिकले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । जहुर खानले दुई, कासिफ दाउद र जवार फरिदले एक एक विकेट लिए ।
वेस्टइन्डिजले दोस्रो वार्मअप खेलमा बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ । बिहीबार युएईले वार्मअप खेलमा स्कटल्यान्डसँग खेल्नेछ ।

