नायिका एलिजा गौतम टाइम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एच।डी’को कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन् । पत्रकार ऋषी धमलापत्नी एवं नायिका गौतम सोमबार निर्देशकमा नियुुक्त भएकी हुन् ।
अभिनेत्री गौतमले सोमबारदेखि निर्देशकको पदभार ग्रहण गरेको टेलिभिजन प्रशासनले जनाएको छ । टिभीका महाप्रवन्धक गणेश थापाले नवनियुक्त निर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
पदभार ग्रहण गर्दै एलिजा फाउण्डेशनकी अध्यक्ष समेत रहेकी गौतमले आगामी दिनमा अझै उत्कृष्ट टेलिभिजन बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।
यो पनि पढ्नुुहोस्ः दुई महिना नयाँ नेपाली फिल्म प्रदर्शन नहुने
नेपाली फिल्मकर्मीले मंसिर तथा पुसमा नयाँ फिल्म रिलिज नगर्ने भएका छन् । निर्वाचन सम्पन्न भएलगत्तै विश्वकप फुटबल प्रारम्भ हुने हुँदा दर्शक नयाँ फिल्म हेर्न सिनेमा हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठको अनुमान छ ।
‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले नेपाली फिल्मको प्रदर्शन तय नगरिएको हुनसक्छ’, वितरक श्रेष्ठको भनाइ छ ।
नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गर्ने कलाकार रवीन्द्र सिंह बानियाँ बताउँछन् । निर्मातासमेत रहेका बानियाँले आफूले निर्माण गरेको फिल्म ‘महापुरुष’ कात्तिकमै प्रदर्शन गर्न लागेको बताए ।
‘यस अगाडि पनि पुसमा खासै फिल्म रिलिज हुँदैन थिए । मंसिरमा भने निर्वाचन र विश्वकपले नै असर गरेर रिलिज नभएका हुनसक्छ, कलाकार बानियाँले भन्छन् – ‘पछिल्ला केही घटनाले विदेशी ठूला फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली निर्माता तयार देखिँदैनन् । हामी प्राथमिकतामै परिरहेका छैनौं ।’
नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन कोरोना म’हामारीका कारण रोकिएका फिल्म एकसाथ प्रदर्शनमा आउँदा भिडभाड देखिएको बताउँछन् ।
उनी भन्छन्– ‘दसैं तिहारमा नेपाली फिल्मको भिडभाड छ । त्यसपछि मंसिर र पुस खाली झैँ छ । माघे सङ्क्रान्तिसँगै नेपाली फिल्मले प्रदर्शन तय गरेका छन् । वितरकसँगको सल्लाहपश्चात यो गरिएको हुनसक्छ ।’

