पूूर्व सञ्चारकर्मी रवि लामिछाने देश बनाउछुुँ भन्दै केही महिनाअघि राजनीतिमा ओर्लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आगामी निर्वाचनका लागि चितवनबाट उम्मेदवारी दिएका छन् ।
चितवनलाई विश्वको नमुना शहर बनाउने उनको घोषणा छ । निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रवि लामिछाने अहिले होटलमा वसेर चुनावी कार्यक्रम गरिरहेका छन्।
मनोनयन दर्ता गर्न आईतवार चितवन पुगेका सभापति लामिछाने होटलमै वसेर कार्यकर्ता र शुभचिन्तकसँग भेटघाट गरिरहेको भिडियो सामाजिक सञ्चालमा सार्वजनिक भएको छ।
चितवनको स्थायी बासिन्दा हुने घोषणा गरिसकेका उनले सुविधा सम्पन्न होटलमा वसेर रमि’ता देखाएको भन्दै स्थानीय मतदाताले आलोचना गर्न थालेका छन्।
उनकै पार्टीबाट चितवन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका हरि ढकालको टिकटक एकाउण्टबाट सार्वजनिक भएको भिडियोमा त रवि र हरी दुवैको आ’डम्वर प्रष्ट भएको स्थानीयहरु बताउँछन्।
भिडियोमा उनीहरुले हात मिलाउन समेत अभिनय गरिरहेका छन्। क्यामरा म्यानतर्फ फर्केका उनीहरुले पहिला दुवैले हात अघि वढाउँछन्। तर, क्यामराम्यान तयार नभएको झै गरी हरिले हात पछि सार्छन। रवि उनले हात बढाउने प्रतिक्षामा हुन्छन्। केही समयपछि क्यामराम्यानले रेडि भएको संकेत गरेपछि दुवैले हात मिलाउँछन्।
यो भिडियो सार्वजनिक भएपछि हरि र रवि दुवैको आलोचना भईरहेको छ। देश बनाउछुु भन्दै हिँडेर लामिछानेले हात मिलाउन समेत यति तयारी गरेको भन्दै कटाक्षसमेत भइरहेको छ भने कतिपयले सामान्य रुपमा लिएर शुुभकामना दिँदै प्रशंसा गरेका छन् ।

