नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कटाक्ष गरेका छन् । उनले हालसालै पार्टी परित्याग गरेका स्थायी कमिटी सदस्य भुसाल टिकटकै लागि पार्टीमा बसेको प्रमाणित भएको टिप्पणी गरेका हुुन् ।
९ लाख पार्टी सदस्यमध्ये एकाधले पार्टी छाड्नु वैयक्तित स्वतन्त्रताको विषय भएको उनले टिप्पणी गरे । प्राइम टेलिभिजनमा सोमवार राति प्रसारित एक अन्तवार्तामा ओलीले एमालेप्रति लगाव नरहेर पार्टी परित्याग गरेको आ’रोप लगाएका हुन् ।
‘एमालेमा टिकटका लागि बस्नु भएको रहेछ, हामी बलि’दानको बाटो लिएर बसेका हौँ, टिकटको परिकल्पना थिएन । भूमिगत कालमा टिकटको सपना र सम्भावना देखेका थिएनौँ’, ओलीले भने, ‘आ’वेशमा परित्याग गरेको हुनसक्छ, एमालेप्रति उहाँलाई लगाव रहेन होला ।
अर्को कुरा वैयक्तित स्वतन्त्रता पनि हो । ९ लाखमध्ये एकाधले छाड्नु ठूलो विषय बनाउनु हुँदैन ।’पार्टी अध्यक्ष केपी ओलीको द’म्भ र स्वेच्छचारिताको कै’दी हुन पुगेको भन्दै भुसालले असोज २२ गते एमाले परित्या’गको घोषणा गरेका थिए ।
एमालेबाट टिकट नपाएका भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि घनश्याम भुसालले एमाले परि’त्याग गर्दै सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्वारी दिएका हुुन् ।

