राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवास फर्किएकी छिन् । राष्ट्रपति भण्डारी मंगलबार अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास शीतल निवास फर्किएकी हुन् ।
को’भिड–१९ संक्र”मण देखिएपछि उनी उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भ’र्ना भएकी थिइन् । गएको शनिबार अस्पतालमा भर्ना भएकी राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य भएपछि आज दिउँसो १२ः४५ बजे डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।
उनमा खो’की र ज्व’ रोको समस्या देखिएको थियो । अस्पतालका वरिष्ठ छातीरो’ग विशेषज्ञ डा. निरज बम, दिव्या सिंहलगायत चिकित्सकको टोलीले उप’ चार गरेको थियो ।
उनको हेरचाह र फलोअपका लागि चिकित्सकको टोली राष्ट्रपति निवास पुगेरै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
यो पनि पढ्नुुहोस्ः पाँच वर्ष मुनिका बालबालिकालाई औ’षधि खुवाइने
सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्या”प्सुल र जुकाको औ’षधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्या’प्सुल र जु’काको औ’षधि खुवाइने जनाएको छ ।
भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्या’प्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुका’को औष’धि खुवाइने विभागले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए ।

