शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूले हल्ला हुने डरले हत्या, दुई अर्ब बढी अमिरिकी डलर विकास सहयता, कसरतमै कांग्रेस र आजदेखि अन्तराष्ट्रिय गणित सम्मेलन लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकले ‘तक्माको गरिमा घट्दो, खर्च बढ्दो’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा राष्ट्रपतिले ६ सय ३३ लाई शुक्रबार तथा पाँच सय ९४ जनालाई आगामी बुधबार विभूषित गर्ने उल्लेख छ । समाचारअनुसार संख्या र विवाद बढेर गरिमा घटे पनि विभूषणमा राज्यको भार भने बढ्दो रहेको समाचारमा छापिएको छ ।
त्यसैगरी पत्रिकाले ‘शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा कोरोनाको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका समाचारमा छापिएको छ ।
समाचारअनुसार स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको समाचारमा उल्लेख छ । पत्रिकाले वैशाखभित्र १० लाख डोज खोप पठाउन सिरमलाई सरकारको तेस्रो पत्र, वायु प्रदूषणले धूमपान गरेभन्दा बढी असर र आठ जिल्लाका सिडिओ हेरफेर, अध्यागमन विभागमा भट्टराई लगायत शीर्षकका समाचार छापेको छ।
‘नाकाहरु अस्तव्यस्त’ शीर्षकको समाचार आजको कान्तिपुर दैनिकले मुख्य पृष्ठमा छापेको छ । समाचारमा भारतमा कोरोना संक्रमण तीव्र रुपमा फ्रलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको उल्लेख छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा क्वारेन्टाइनहरु नबन्दा र स्वास्थ्य सुरक्षाका मपदण्ड लागू नहुँदा संक्रमण फ्रलिने डरले स्थानीयलाई सताएको समाचारमा छापिएको छ।
त्यसैगरी पत्रिकाले ‘ओलीनिकटलाई महत्त्वपूर्ण समिति’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको समाचरमा छापिएको छ ।
पत्रिकाले ‘काठमाडौंको हावा दैनिक ६/ ७ खिल्ली चुरोट खाए बराबर छ’, बाघको पाइला पछ्याउँदै निकुञ्जमा… र मन्त्री आङ्बोहाङको प्रदेशसभा सदस्य पद खारेज लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।
आजको नागरिक दैनिकले ‘स्वार्थको द्वन्द्वमा संसद्’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि सुरु भएको अधिवेशन औचित्यहीन बन्न पुग्नुमा स्वार्थको द्वन्द्व नै प्रमुख कारण भएको उल्लेख छ । पत्रिकाले चार सांसद पदमुक्त र जसपाले गृहमा बुझायो २ सय १० जनाको सूची लगायत शीर्षकका समाचारमा प्रकाशित गरेको छ।
गोरखापत्र दैनिकले भने ‘अत्यावश्यक वस्तुको मात्रै आयात’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक वस्तुको मात्रै आयात गरेर निर्यातमूलक उत्पादन बढाइने बताउनुभएको समाचारमा छापिएको छ । त्यसैगरी पत्रिकाले सर्वोच्चमा रिट अस्विकार, १९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा र चार सांसदको पद रिक्त लगायतका शीर्षकमा पनि समाचारहरू छापेको छ।