सत्ता गठबन्धनबाट २० सिट लिएर चुनावमा होमिएको एकीकृत समाजवादी १९ सिटमा झरेको छ । निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गरिदिएपछि समाजवादीलाई झड्का लागेको हो ।
गुरूङको उम्मेदवारी खारेज भएसँगैगुरूङको उम्मेदवारी खारेज भएसँगै रूपन्देही २ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ । उनीसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा। कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जारी गरेको सूचनाअनुसार गुरूङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयो’ग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको छ ।
उम्मेदवार गुरूङ आफैँ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै अदालतमा २०७६ सालमै बैंकिङ क’सुर सम्बन्धी उ’जुरी परेको थियो।
अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मंसिर २१ गते नै फैसला गरेको थियो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालि, गुरुङसहितका ६ जनालाई विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैयाँ जरि’वानासहित मागदाबी अनुसारको बि’गो तिराउने फैसला गरेको थियो।
निर्वाचन कानुनले अदालतको बैंकिङ कसु’रमा स’जाय पाएको र कुनै पनि का’लो सूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ। रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार छन्।

