राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को ठूूलो गल्ती गरेको दाबी संविधानविद्हरूले गरेका छन् । उनीहरुका अनुसार भण्डारीले दोस्रोपटक संविधानका प्रावधानको उल्लंघन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधानलाई उल्लं’घन गरेको आ’रोप छ । गत असोज ५ गते संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण
व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तीन दिन ढिला गरी प्रमाणीकरण भएको थियो ।
गत असोज २३ गते राष्ट्रपति भण्डारीले विधेयकहरू १८ दिनमा प्रमाणीकरण गरेको भन्दै संविधानविद्हरूले दोस्रोपटक राष्ट्रपतिबाट संविधानमाथि प्र’हार भएको आ’रोप लगाउँदै आएका थिए ।
केही समयअघि नागरिकता विधेयक पनि पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयक संसद्लाई सुझावसहित पुनर्विचार गर्नका लागि फर्काएपछि संसद्ले दोस्रोपटक पारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो । राष्ट्रपति भण्डारीले भने सबै राजनीतिक दलहरूको एकमत नभई नागरिकता विधेयकजस्तो विधेयक प्रमाणीकरण गर्नु नहुने स्पष्टोक्ति दिएकी थिइन् ।
संविधानविद् खिमलाल देवकोटाले राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने विधेयकहरू १८ दिन लगाएर प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिबाट संविधानमाथि प्र’हार गर्ने काम भएको बताए । उनले संविधानले दिएको समय भन्दा बढी समय लिई विधेयक प्रमाणीकरण गर्नु संविधानको ठा’डो उल्लं’घन भएको बताए ।
संविधानविद् देवकोटाले राष्ट्रपतिबाट संविधान उ’ल्लं घन गर्ने श्रृंखला कायम रहेको आ’रोप लगाए । उनले नागरिकताको विधेयकमा पनि राष्ट्रपति भण्डारीले संविधानको उल्लं’घन गरेर प्रमाणीकरण नगरेको र त्यही श्रृंखलालाई वैधता दिनको निम्ति अहिले १८ दिनमा प्रमाणीकरण गरेर पठाएको बताए । उनले राष्ट्रपति पद संविधानको पालना गर्न तोकिएको पद भएकाले संविधानको रक्षकबाट नै संविधानबि’रोधी काम भएको बताए ।

