कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुुर देउवाले सत्ता गठबन्धनबाट जसपा बाहिरिएपछि जसपाका मन्त्री हटाउने तयारी गरेपनि अक’स्मात रोकिएका छन् । राष्ट्रपति भण्डारीसँग देउवाका दुुतको भेटपछि देउवाको उक्त कदम रोकिएको हो ।
प्रधानमन्त्री देउवासँगको भेटलगत्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका थिए। मंगलबार बिहान पौने ११ बजेदेखि पौने १२ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता सकेर कार्की बिरामी राष्ट्रपति भेट्न अस्पताल पुगेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्री कार्कीले सवा १२ बजेको समयमा एनेक्स २ को बेड नम्बर ६०१ मा पुगेर स्वास्थ्य लाभको कामना गरेको बताइन्छ । हिजै डिस्चार्ज भएकी राष्ट्रपतिले सन्चो हुन दिनु भनेपछि जसपाका मन्त्री केहि दिन बर्खास्त हुन बाट जोगिएको श्रोतको भनाई छ।
जसपाका मन्त्री चाँडै बर्खास्तीको तयारी छ। यो भए संग ६ वटा मन्त्रालय मन्त्री बिहिन बन्ने भएका हुन्। मिनेन्द्र रिजालले रक्षा मन्त्री बाट राजीनामा दिए संगै उक्त मन्त्रालय प्रधानमन्त्री संगै छ।
त्यस्तै कानून मन्त्री गोबिन्द बन्दीले राजीनामा दिएपछि त्यो मन्त्रालय पनि खाली छ। जसपाका ४ मन्त्री बर्खास्तमा परेपछि ६ मन्त्रालय खाली हुनेछन्।

