नेपाली कांग्रेसले अर्थ विज्ञहरुभन्दा व्यापारीलाई बढी प्राथमिकता दिएको छ । कांग्रेसमार्फत उच्च तहमा पुुगेर बिनोद चौधरीले देशमा दशकौँमा गर्न नसकेको विकास गर्ने बताएको चर्चा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाकै किचन क्याविनेटमा सीजीको वाइवाइ जस्तो देउवाको दिमाग पकाइरहेका चौधरी यसपटक निकै ठूलो नाफामा उक्लिएका छन् ।
ठूूल्ठूूला नेताहरुलाई ‘साइड’ लगाएर धनकुबेर चौधरीलाई मन फुकाएर देउवाले प्रतिनिधिसभाको टिकट थमाइदिएपछि ६ दशकमा नगरेको विकास चौधरीले वचन दिएको बताइन्छ ।
चौधरीविरुद्ध पूर्वमन्त्रीसमेत रहेकाहृदयदेश त्रिपाठी एमालेको समर्थनसहित भिड्दैछन् । पाँचौंपटक चुनाव जित्ने तयारीमा रहेका त्रिपाठीलाई हराएर राजनीतिको राजकाज चलाउन चौधरीलाई खासै ठूलो समस्या देखिदैन ।
किनकि पैसाकै बलमा सत्ता, श’क्ति र पार्टी नै किन्न सक्ने ताकत भएका चौधरीलाई निर्वाचन खासै ठूलो विषय होइन । तर करका दर हेरफेरदेखि सीसीटिभी गा’यब बनाएको प्र’करणसम्म जोडिएका चौधरी यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसद छिर्ने विषयसँग धेरै स्वार्थ जोडिएर आएका छन् ।
चौधरीकै स्वा’र्थका कारण नेपाली काँग्रेसले कोषाध्यक्षको छिनोफानो लगाएको छैन । अब चौधरीको अर्जुनदृष्टी अर्थमन्त्रीको पदमा परेको छ । यसैकारण काबिल व्यक्तिहरुलाई समेत पाखा लगाएर देउवाले चौधरीलाई टिकट दिएका हुन् ।
स्वर्णिम वाग्ले जस्ता विज्ञहरु अन्तिममा आएर टिकटबाट बञ्चित हुनुलाई नेताहरुले चौधरी जस्ता व्यापारीको प्रभावका रुपमा बुझेका छन् ।

