युुवापुुस्तामाझ लोकप्रिय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पत्नी सबिना काफ्लेसहित दरवारमार्गस्थित लण्डन पबमा पुगेर नृत्य देखाएका छन् । मंगलबार साँझ पत्नी र सहयोगीसहित पुगेका बालेनले रोमान्टिक मुुड प्रस्तुुत गरेका हुन् ।
उनले महानगरको आग्रह बमोजिम पार्किङ व्यवस्थापन गरेकोमा धन्यवादसमेत दिएका छन् । सो साँझ बालेन पत्नी सबिनाले गीत गाएकी थिइन् भने बालेनले नाचेर साथ दिएको बताइन्छ । महानगरले ब्यापारिक भवनमा पार्किङ रहनुपर्ने ठाउँमा राखिएको लण्डन पब हटाएको थियो ।
सन्चालकले त्यसलाई साथ दिँदै पारिपट्टीको भवनमा लण्डन पब सारेपछि बालेनको जोडी नयाँ ठाएँमा पुगेका हो । उनले रेष्टुरेन्टमै पुगेर सञ्चालकलाई धन्यवाद दिएको तस्विर पबको फेसबुक पेजमा सार्वजनिक भएको छ ।
तर लण्डन पबको सामाजिक सञ्जालमा बुधबार मेयर बालेन नाचेको भिडियो र फोटो पोष्ट भएपछि पबसँग बालेनको कुनै समझदारी भएको त होइन भन्ने प्रश्न उठेको छ ।
आफैंले हटाएको पबमा नाच्न बालेन कसरी पुगेत ? बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहका अनुसार महानगरले डो’जर लगाएपछि लण्डन पब त्यहाँबाट सरेको छ ।
हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।
‘काठमाडौं महानगरपालिकाले कानुन अनुसार चलेको व्यवसायीहरुलाई सम्मान गर्छ भन्ने उदाहरण पनि हो । उहाँ व्यक्तिगत निमन्त्रणामा पब पुग्नुभएको हो । महानगरले पब बन्द गर्न भनेको होइन, बेसमेन्टमा नचलाउ भनेको हो । जुन पबले मानेको छ । उहाँ जाँदा सम्मानसहित जानुभएको हो’, साहले भने ।
पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सबिना काफ्लेसँग नाचेको देखिन्छ ।

