काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चर्चामा छन् । उनको कार्यशैलीमा धेरैले प्रशंसा जनाएपनि पछिल्ला केही घटनाक्रममा वि’रोधको आवाज पनि उठ्न थालेको ।
उनले आफ्नो योजनाको समीक्षा गर्नुुपर्ने पनि आवाज सशक्त हुुन थालेको छ । उनको मौखिक आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेको सन’कका भरमा थापाथलीस्थित प्रसूति गृह अगाडि एउटी बे’सहारा महिलाको गरिखाने एकमात्र सहारा उनको ठेलागाडाका सामान फा’लिएको छ ।
लमजुङ घर भएकी शर्मिला तामाङलाई उनको दुः’ख देखेर विदेशमा बस्ने एकजना शुभचिन्तकले ठेलागाडा किन्ने पैसा पठाइदिएका रहेछन् । त्यही पैसाले किनेको ठेलागाडामा सामान राखेर उनले प्रसू’ति गृह अगाडि दिउँसो व्यापार गर्थिन् ।
महानगरपालिकाले डो’जरसहित लिएर गएपछि उनले आफूले उक्त ठाउँ छाड्ने बताएकी थिइन् । तर, छाड्छु भन्दाभन्दै पनि नगर प्रहरी प्रमुख राजु पाण्डेको सनकमा ती नि’मुखाको उठि’बास लगाइयो ।
बि’लौना गर्दै शर्मिला भनिरहेकी छन्, ‘मेरो स्टिल निकाल्न दुःख गरिरहेकी छु । मेरो हातमा स्टील छ । काम पनि कसैले दिँदैन । अर्काले दिएको विदेशमा भएको मान्छेले पैसा पठाएर किन्देको हो । आजदेखि आउँदिनँ त भनिराखेको थिएँ । मेरो बच्चा बाटोमा रो’इ रहेको होला ।’ महानगरको आदेशमा महानगर प्रहरी पछिल्लो समय एक्सनमा उ’त्रिरहेको छ ।

