नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जना बर्खास्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका हुुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिष दबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलिपल्ट मुख्यमन्त्री राउतले पनि काउन्टर स्वरुप मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
जसअनुसार कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।
जसपाको एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका तर कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि बर्खास्त गर्नु परेको हो ।
यस्तै, हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्रीलाई हटाएका थिए । उनले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई मन्त्री पदबाट हटेका छन्। जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले उनीहरुलाई हटाएका हुन् ।


