पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अकल्पनीय तवरले एकै लाइनमा उभिएका छन् । बाबुरामले प्रचण्डका लागि ठूलै अर्थात आफ्नो भाग पनि दिएर उदारता देखाएका छन् । के बाबुरामको उदारता कुुनै स्वार्थहीन हो त ? राजनीतिक वृतमा चर्चामा रहेका प्रसंगमध्ये एक यो पनि हो ।
प्रचण्डलाई गोरखा छोडे बापत भट्टराईले छोरी मानुषीलाई काठमाडौँ क्षेत्र नम्बर ७ मा उम्मेदवार बनाएका छन् । सत्ता गठबन्धनको उम्मेदवार बनेकी मानुषीको एक सिटका लागी मात्रै बाबुुराम गोरखा छोड्न राजी भएका हुन् त ? स्रात भन्छ, ‘पक्के पनि होइन यसको भित्री रहस्य छ ।’
प्रचण्डलाई संसारकै सबैभन्दा भ्र’ष्ट नेता भन्ने बावुराम भट्टराई अहिले प्रचण्ड प्रति किन यसरी भक्तिभाव देखाइरहेका छन् भनेर देख्नेहरु नै अच्चिम बनेका छन् । उनले प्रचण्डलाई अरबौँ भ्र’ष्टचारको ट्याग सार्वजनिक रुपमा लगाएका छन् ।
आफैँले भ्र’ष्टाचारी करार गरेको व्यक्तिका लागी बावुरामले देखाएको उदारताको कारण खोजि भइरहेको छ । छोरीको एक सिटका लागी मात्रै नभएर प्रचण्ड र बावुरामका विचमा ठूलै खालको भद्र सहमति भित्री रुपमा भएको चर्चा पनि राजनितीक वृतमा चलेको छ ।
सुरुमा बाबुुराम आफैँ गोरखा २ बाट निर्वाचन लड्न चाहन्थे तर प्रचण्डले आफुले कुनै पनि क्षेत्रबाट निर्वाचन जित्ने नसक्ने र गोरखाबाट केहि सहज भएको भने पछि बाबुुरामलाई गारेखा छोड्नु पर्ने अवस्था आएको बताइन्छ । गोरखा आफुलाई छोडेर सहयोग गरेमा बावुरामलाई राष्ट्रपति बनाउने वचन प्रचण्डले दिएको बताइएको छ ।
चुनाव पछि गठबन्धन विच पावर सेयरिङमा राष्ट्रपति माओवादी केन्द्रको भागमा आउने र त्यसो गर्दा तपाइलाई राष्ट्रपति बनाउछु भन्ने वाचा प्रचण्डले गरेको बताइन्छ । प्रचण्ड र बावुरामका विचमा यो कुराको भद्र सहमती भएको स्रोतको दाबी छ । प्रचण्डले राष्ट्रपति बनाउने विश्वस्त बनाए पछि बाबुुराम चुनावी दौडबाटै बाहिर रहेका छन् ।
पूर्व जर्नेल प्रेम सिंह बस्नेतले पनि यो चर्चा सही रहेको दाबी गरेका छन् । बावुरामलाई राष्ट्रपति बनाउने भनेर प्रचण्ड गोरखा-२ पुगेको सूूचना आफुसँग भएको दाबी उनले गरे ।

