अमेरिकाले डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकका लागि अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा खोलेको छ । खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो ।
यो बर्ष अक्टोबर ५ देखि डिभी लोटरी खुलिसकेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ ।
डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।
इलेक्ट्रोनिक डाइभर्सिटी भिसा प्रोग्रामको वेभसाइटबाट डिभी भर्न सकिन्छ । हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनु पर्दछ ः
– माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको ।
– वा तपाईँसँग विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनु पर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ ।
आवेदन भर्नका लागि तपाईँले निम्नबमोजिमको सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्नेछ । सम्पूर्ण आवश्यक जानकारी समावेश गर्न नसकेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।
१. पूरा नाम – थर, नाम, बीचको नाम ।
२. लिङ्ग – पुरुष वा महिला ।
३. जन्म मिति – दिन, महिना, वर्ष ।
४. जन्मिएको शहर ।
५. जन्मिएको देश – देशको नाम आफ्नो जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनु पर्दछ ।
६. डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँ जन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तपाईँ हाल जहाँ बसोबास गरिरहनुभएको छ वा तपाईँको राष्ट्रियता, तपाईँको जन्म भएको देशभन्दा फरक छ भने तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देशसँग त्यसको सम्बन्ध छैन । यदि तपाईँ डिभी कार्यक्रमका लागि योग्य नरहेको देशमा जन्मिनुभएको हो भने तपाईँसँग अन्य विकल्प रहे नरहेको बारे जानकारी लिन कृपया बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
७. फोटो(हरू) – आफ्नो, आफ्नो पति÷पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो (पछिल्लो छ महिनामा खिचिएको हुनुपर्ने) ।
८. चिठी पठाउने ठेगाना – नाम
ठेगाना शहर/गाउँ
जिल्ला/प्रदेश/राज्य हुलाकी कोड/जिप कोड देश
९. हाल बसोबास गरिरहनुभएको देश ।
१०. फोन नम्बर (ऐच्छिक) ।
११. ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला, जुन तपाईँले कम्तीमा पनि अर्को वर्षको मे महिनासम्म चलाउनुहुनेछ ।
१२. हालसम्म हासिल गर्नुभएको शिक्षा ः (१) प्राथमिक विद्यालय मात्र, (२) माध्यमिक विद्यालय तर पूरा नगरेको, (३) माध्यमिक विद्यालय पूरा, (४) व्यावसायिक विद्यालय, (५) विश्वविद्यालयमा केही कक्षाहरू लिएको, (६) विश्वविद्यालयको डिग्री हासिल गरेको, (७) केही स्नातक तहका विषयहरू पढेको, (८) स्नातकोत्तर, (९) केही विद्यावारिधी तहका विषयहरू पढेको, वा (१०) विद्यावारिधी हासिल । शैक्षिक आवश्यकताहरूबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।
१३. वर्तमान वैवाहिक स्थिति ः
१४. सन्तानको सङख्या – तपाईँका २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए या नभए तापनि वा तपाईँ संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने बेला सँगै जाने मनासय राखेका भए या नभए तापनि वा पछि अमेरिका गई तपाईँसँगै बस्ने मनासय राखेका भए या नभए तापनि तपाईँले हरेकको नाम, जन्म मिति, लिङ , जन्म शहर/नगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस् ।