काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहमाथि सामाजिक सञ्जालमा प्रश्न ठड्याइएको छ । उनले पब र मदि’रा से’वनको विज्ञापन गरेको भन्दै केही वयक्तिहरुले प्रन उठाएका हुुन् ।
अनाधिकृत बेमेण्टमा पब सञ्चालन गरेको भन्दै आफै पुगेर डो’जर चलाउँदै भ’त्काएको काठमाडौंको दरबारमार्ग स्थित लण्डन पबमा बालेन म’दिरा पिउ’न पुग्नु कतै केही कुराको सम्झौता त हैन ? भन्दै प्रश्न पनि उठेको छ ।
केहीले भने हरेक मानिसको नीजि जीवन हुने र श्रीमती लिएर पब जानु स्वभाविक भएको विचार राखेका छन् । जनताका लागि राम्रो काम गरिरहेका छन् बचेको समय नीजि जीवन विताउँन पाउँनुपर्छ भन्दै केहीले खुलेर नै समर्थन गरेका छन् ।

मेयर बालेन श्रीमती सहित राति लण्डन पबमा पुगेका थिए । उनको हातमा मदि’राको पे’ग देख्न सकिन्छ । उनले त्यहाँ खुलेर नै नृत्य गरेको समेत देखिन्छ । यो विषयमा पत्रकार मोहन बास्तोला भने आफ्नो फेसबुकमा यस्तो लेख्छन्ः
जँ’ड्याहाले जाँ’ड खुशीमा खान्छ, पी’डामा खान्छ, खुशी पनि छैन अनि पी’डा पनि छैन भने त्यहि बाहनामा खान्छ । दिन खुलेको खुशीयालीमा खान्छ, दिन धुम्म भयो भने पनि खान्छ । साथीहरू भेटेपछि खान्छ, साथीहरू नभेटेको बाहनामा पनि खान्छ ।
परिवारसँग खुशी साट्न खान्छ, परिवारसँग ठाकठुक पर्दा खान्छ । बेलुका पब, डि’स्को, दोहोरी, छाप्रो र होटलमा खान्छ । बिहान त्यो ह्या’ङ हटाउन खान्छ ।
उसलाई खान मन लाग्यो भने त्यहि बा’हनामा खान्छ । त्यसैले यो खाने बानी लागेपछि सबै सिमा नाघेर खान्छ । जहाँसम्म काठमाडौंका मेयरले दरबारमार्ग छेउछाउको लण्डनमा जाँ’ड खाएको कुरा छ ।
यो सामान्य हो । अर्थात् आफै अतिथि भएको ठाउँमा खुट्टा टेक्न नसक्ने गरी, बोली लर’बरलरबर गर्ने गरी जाँ’ड खाएर जाने उहाँको सन्दर्भमा परिवारसँग पबमा गएर जाँ’ड खाएर नाच्ने कुरा धेरै सामान्य हो । यो चर्चा गर्ने विषय भएन । चर्चा चाहिँ के विषय हो भने उहाँले गरेको विज्ञापनको हो ।
उहाँ बालेन मात्रै होइन काठमाडौं महानगरपालिकाको मेयर पनि हो । त्यस्तो व्यक्तिले पबमा गएर र’क्सी बोकेर नाचेका तस्बिर सार्वजनिक गर्ने कुरा विज्ञापन हो ।
यो विज्ञपन बालेनको अनुमतिमा हो भने मेरो व्यक्तिगत धारणामा बालेको गल्ती छ र बालेनको अनुमति बिना यो सार्वजनिक गरेको हो भने पबको गल्ती छ ।

