वाम लोकतान्त्रिक गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी) लाई एउटा दल जस्तै ठान्नुपर्ने भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अभिव्यक्ति दिएका छन् । चुनावी अभियानमा गाउँ जानुअघि इलामको फिक्कलमा पत्रकार सम्मेलन गर्दै खनालले यस्तो बताएका हुन् ।
इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दलजस्तै भएर आएको बताए ।
खनालले भने, “हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाइँ संविधान वि’रोधी शक्तिवि’रुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।”
देशमा भएका विभिन्न आन्दो’लन र परिवर्तनमा कम्युनिस्ट र कांग्रेसबीच सहकार्य र प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले यो स्वाभाविक भएको उल्लेख गरे ।
यो पनि पढ्नुुहोस्ः देउवा, प्रचण्ड र माधव नेपालले पोखरामा सम्बोधन गर्दै
सत्तारुढ गठबन्धनमा आबद्ध तीन दल (नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी)ले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं-२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदैछन् ।
प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

