गायिका बबिता बानियाँ ‘जेरी’ डिभोर्स गर्न लागेकी छिन । दुई वर्षअघि प्रेम विवाह गरेकी चर्चित लोक दोहोरी गायिका जेरी उनका श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी हुन् ।
बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो ।
प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’ अदालत स्रोतले भन्यो ‘आउनु भयो भने आइतबार प्रक्रिया पुरा होला ।’
करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।
यो पनिः ‘महापुरुष’ हेर्ने ओलीको ईच्छा
एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘महापुरुष’ हेर्ने ईच्छा व्यक्त गरेका छन् । शुक्रबार बिहान आफ्नो अफिसियल फेसबुक पेजमा पुर्व प्रधानमन्त्री ओलीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने ईच्छा शक्तिको प्रशंसा गर्दै उनीद्वारा अभिनित फिल्म हेर्ने चाहना देखाएका हुन् ।
‘वाह कस्तो इच्छाशक्ति ! सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूणर् होओस् भन्ने कामना गर्दछु । मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ’महापुरुष’ हेर्ने इच्छा लागेको छ । चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु’, ओलीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ आगामी शुक्रबार अर्थात् कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता हरिवंश आचार्य शिर्ष भूमिकामा छन् । साथमा गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिरु विष्ट र नव कलाकार अरुण क्षेत्री अनि अञ्जना बराइलीको अभिनय छ ।

