एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफूलाई भोट दिए ‘विना ढेउवा के भिसा, विना ढेउवा के टिकट, विना ढेउवा के काठमाडौंमे तालिम’ दिन्छु भनी आश्वासन बाँडेपछि निर्वाचन आयोगको नजरमा परेका छन् । उनले रौतहटका गरीब जनतासँग भोट माग्न नि:शुल्क टिकट र नि:शुल्क भिसा उपलब्ध गराइदिने बाचा गरेका थिए ।
उनको यो भोट मगाइले उनको राजनीतिक सोच र मुलुकप्रति कस्तो जिम्मेबारी निर्वाह गर्न उनी चुनावमा होमिएका छन् भन्ने पनि प्रष्ट पारेको छ। उनले गरेको भाषणअनुसार, उनी रौतहटका उनको निर्वाचन क्षेत्रका युवालाई बैदेशिक रोजगारीमा विदेश पठाउन विना पैसा भिसा दिलाइ दिने, विना पैसा विदेशसम्म पुग्ने टिकट दिलाइदिने र विना पैसा काठमाडौंमा तालिमको व्यवस्था मिलाइदिने आश्वासन दिएका छन्।
मुलुकको पूर्वप्रधानमन्त्री भइसकेको ब्यक्तिको देश बनाउने भिजन युवाहरुलाई बैदेशिक रोजगारीमा विदेश पठाउनु हो ? माधव नेपालको सो भाषणले त स्पष्टरुपमा यही भिजन दिएको छ।
के उनको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी नेपालमा अलिअलि बचेखुचेका युवा युवतीहरुलाई पनि विदेश पठाउन चाहन्छरु के यही हो मुलुक बनाउने रणनीति ? युवालाई स्वरोजगार बनाउने, गाउँको विकास गरेर गाउँमै रोजगारीको अवसर दिने र समानुपातिकरुपमा राज्यका साधन स्रोतहरुको बाँडफाँट गरेर सबैलाई आर्थिक विकासको अभियानमा सरकि गराउने विषय माधव नेपालले नजानेर नबोलेका होइनन्।
यसपटक त्यहाका गरीव र रोजगारविहिन युवालाई झु’क्याउन चाहान्छन्, ढाँ’ट्न चाहान्छन् र एक भोट पाएर जितेपछि फेरि उनलाई त्यहाँ फर्किनु पनि छैन। उमेरले सत्तरीको नेटो छोइसकेका नेपाल अर्को चुनावमा फेरि रौतहट फर्किने पनि छैनन्। जे गरेर, जे भनेर भए पनि उनलाई यसपल्टको भोट चाहिएको छ। यो उनको द’रिद्र सोच त्यसदिनको भाषणमा अभिव्यक्त भएको मात्र हो।
उनले यो कुरा जानेका छन् तर यो कार्यान्वयन गर्छु भन्ने प्रतिबद्धता जनाउने ल्याकत उनीसंग छैन। अर्थात् उनी अहिले नै पराजित मानसिकताले निर्वाचनमा भाग लिइरहेका छन्।
सत्तामा पुग्न जनतालाई झुक्याउन के भन्नुपर्छ उनले त्यही भनेका हुन्। अहिले जनता गाउँघर र शहरमात्र होइन नेपाल देशमै रोजगारीको अवसर नपाएर आक्रान्त छन्। आफ्नो जहान परिवार पाल्न धौधौको अवस्था छ। यसले युवालाई अनुत्पादक त बनाएकै छ, सामाजिक अ’पराध र राजनीतिक हिं’सा पनि बढाएको छ। उनको निर्वाचन क्षेत्रमा त झन् यी समस्याहरुले धेरै नै पि’रोलेको छ।

