सत्ता गठबन्धनका एक प्रमुुख नेता, पूूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकै अर्का नेता माआवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालको पार्टीको नाम बिर्सिएका छन् । पोखरामा जारी सत्तारुढ गठबन्धनको प्रादेशिक भेलामा सम्बोधनको सुरूमा माओवादी केन्द्रको नाम भन्दा गलत उच्चारण गरेका हुुन् ।
‘एकीकृत माओवादीका अध्यक्ष’ भन्दै प्रचण्डलाई सम्बोधन गरेका नेपालले पछि आफूलाई सच्याए । आफैँलाई सच्याउने क्रममा उनले गठबन्धनमा धेरै पार्टी भएकाले पार्टीहरूको नाम नै बिर्सने गरेको प्रष्टीकरण दिए ।
‘नाम नै बिर्सने रहेछ, यति धेरै पार्टी छौं । कुन एकीकृत, कुन केन्द्रीय नै बिर्सिने,’ नेपालले भने । पाँच दलीय गठबन्धन नेकपा एमालेले भनेजस्तो ‘अ’प्राकृतिक’ नभएको भन्दै संविधान रक्षार्थ बनेको गठबन्धन प्राकृतिक र पवित्र भएको उनको दाबी थियो ।
गठबन्धनको ध्यान सत्तामा पुग्ने मात्र नभई जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउन लाग्ने उनले बताए । रोजगारी दिन नसके लु’टेर विदेश पठाउने नेताहरू भएको भन्दै उनीहरूलाई कार’बाही गर्नुपर्ने नेपालको भनाइ छ ।
‘देशभित्र रोजगारी दिँदा पनि घु’स खाने, बाहिर पठाउन पनि घु’स खाने प्रवृत्ति छ,’ नेपालले भने । नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्र’तिगामी गठबन्धन भएको उनको आ’रोप छ ।

