नेपाली कांग्रेसका महामन्त्री तथा झापा–१ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले २ लाख ५० हजार रुपैयाँ बाँडेको कुरा बाहिरिएको छ । उनले आग’लागि पी’डितका नाममा मतदातालाई पैसा वितरण गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहि’ता उल्लं’घन गरेको भन्दै उनलाई २४ घण्टे स्पष्टिकरण सोधिएको हो। झापाका आ’ग लागी पी’डितलाई पैसा वितरण गरेको उ’ जुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जानकारी दिएको छ।
शर्माले आग’लागी पीडि’त केवल निरौलाको घर निर्माण गर्न अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सार्वजनिक भएको थियो।
निर्वाचन आचारसंही’ता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ। आयोगले रकम हस्तान्तरणबारे जिज्ञासा राख्दै किन कार’बाही नगर्ने भन्दै शर्मालाई स्पष्टीकरण सोधेको छ।

