एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु भीम रावल र घनश्याम भूसाललाई टिकट नदिनुुको रहस्य खोलेका छन् । उनीहरुले टिकट नपाउनु स्वभाविक भएको भन्दै आज ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा उनले पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताएका हुन ।
उनले रावल र भूसालको नाम नलिई पार्टीभित्र पर्याप्त अवसर पाएको र पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताए। ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरुले अरुलाई पनि पालो दिनुपर्ने भएकाले टिकट नपाउनु स्वभाविक भएको बताए ।
असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवामन्त्री, खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री अब कुनै मन्त्रालय नभएको ओलीले बताए ।
पार्टीको हितमा एक शब्द नबोलेको र त’मासा देखाइरहेको भन्दै ओलीले यस्ता कुराको पछि नलाग्न कार्यकर्तालाइ आग्रह गरेका छन । पार्टीको हितमा एक शब्द बोलेको होइन ।
आन्दो’लनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमा’सा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक भएको ओलीले बताए । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भए पनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिदैन भन्ने स्थिति त होइन’ ओलीले भने ।
एमाले नेता भुुसालले पार्टी नै त्या’गेर बाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्म्द्वारी दिएका छन् भने रावल एमालेमै असन्तुुष्टिको आवाज बुु’लन्द पारिरहेका छन् ।
यता, ओलीको यो अभिव्यक्तिपछि एमालकै कतिपय असन्तुुष्ट पक्षले ओली नै पटकपटक अध्यक्ष र प्रधानमन्त्री लगायत पदमा बसेको र आफ्नो आङको भैसी नदेख्ने अर्कोको जुुम्रो पनि देख्ने भन्दै आलोचना गरेका छन् । उनी किन आजसम्म पदमा टास्सिरहेको भन्दै प्रश्न उठाइएको छ ।

