चर्चित अभिनेत्री रेखा थापालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा भित्र्याउने प्रयास असफल भएको खुलकेो छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ थापाले नै ओलीको प्रस्ताव अस्विकार गरेको खुुलेको छ ।
अध्यक्ष ओलीले गत भदौ दोस्रो साता रेखालाई आफ्नै निवास बालकोटमा बोलाएर एमालेमा आउन प्रस्ताव गरेका थिए। एमालेमा प्रवेश गरेर मोरङमा निर्वाचन लड्न ओलीले गरेको आग्रह उनले अस्विकार गरेकी थिईन।
प्रस्ताव अस्वीकार भएपछि ओलीले राप्रपासँग चुनावी तालमेल हुने भएकाले रेखालाई मोरङ–६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न संकेत गरेका थिए।
तर, रेखा एमालेसँगको चुनावी तालमेल बिनै मोरङ ३ बाट राप्रपाको उम्मेदवार बनेकी छिन् । रेखा थापाको जन्मस्थान यही निर्वाचन क्षेत्र अन्तर्गत सलकपुरमा पर्छ।
अहिले उनले चुनावी कार्यक्रम मात्र होईन, घर घरमा पुगेर मतदाताको मन जितिरहेकी छिन्। उनको सकृयताले स्थानीय चुनावमा राम्रो मत पाएको एमाले चुनौती महसुस गरिरहेको बताइन्छ ।

