पूूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा रौतहटको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार माधवकुमार नेपालले दिउँसै रात पार्न खोजेका छन् ।
‘फ्री भिसा र फ्री टिकट’ दिने भनेर मतदाता प्रभावित पार्ने अभिव्यक्ति दिएको भिडियो समेत सार्वजनिक भइसक्दा आफूूले यस्तो कुुरा नबोलेको भन्दै उनले ढा’ट्न खोजेपनि सत्य घामझैँ छर्लगंं छ ।
उनले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाउँदै निर्वाचन प्रचारको क्रममा आफूले कुनै पनि मतदातालाई प्र’लोभन देखाएको अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।
‘पत्रमा भनिए’जस्तो निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निज मध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संल’ग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्र’भाव पार्ने कार्य गरेको छैन,’ नेता नेपालले चार बुँदे जवाफमा भनेका छन् ।
आफूले कसैलाई कुनै किसिमको प्रलो’भन देखाउने काम कार’बाही नगरेको उनको स्पष्टीकरण छ । आयोगले प्रचार प्रसारको क्रममा नेता नेपालले निर्वाचन आचारसं’हिता उल्लं’घन हुनेगरी मतदातालाई ‘फ्री भिसा र फ्री टिकट’ को प्र’लोभन देखाएको भन्दै गत कात्तिक ३ गते स्पष्टीकरण सोधेको थियो ।
नेपालले जनसमक्ष आफ्नो विचार राख्ने कुरा संविधानप्रदत्त राजनीतिक दलले प्रयोग गर्न पाउने अधिकार भएको नेपालको दाबी छ । जोसमा होस गुु’माएका नेपाल अहिले गल्ती ढाकछेप गर्न झुु’टको साहारा लिइरहेका छन् ।

