नागरिक पत्र खेल ब्युरो, काठमाडौँ- सरकारी वकिल कार्यालयले क्रिकेटर सन्दीप लामिछानेको बयान गराएको छ । उनको सन्दीपको बयान तीन दिन गराइएको थियो। बयानका क्रममा उनले किशोरीले नै बोलाएर गएको बताएका छन्।
क्रिकेटर साथी मार्फत चिनजान भएको र किशोरीले १८ वर्ष माथिको भएको बताएको पनि बयान दिएका छन्। ‘किशोरीले आफ्नो घरायसी समस्या बताउँदा भावुक भएँ।
नागरिक पत्रलाई स्रोतबाट प्राप्त जानकारी अनुुसार सुरुमा लामिछानेका साथीसँग किशोरीको चिनजान भएको थियो । ती किशोरीसँग एक क्रिकेटरको प्रे’मिकामार्फत चिनजान भएको कुरा उनले वकिलहरूलाई बताएका छन् । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् ।
एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदानप्रदान हुने गरेको थियो । पछिल्लो समय आफू केन्या जान लागेको भन्दै लामिछानेले किशोरीसँग भेट्न चाहेका थिए ।
त्यही भएर उनको आग्रहलाई नकार्न नसकेर नगरकोट गएको हो’, सन्दीपले ब’यानमा भनेका छन्। राति होटलमा एउटै को’ठामा सुते पनि आफू रातभर नसुतेको कुर्सीमै बसेको र किशोरी मात्रै बे’डमा सुतेको बताउँदै बलात्कारको आरोपको खण्डन गरेका छन्।
आफूलाई फ’साउने नियतले यस्तो आ’रोप लगाएको सन्दीपको बयान छ। बयान दिन जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याउँदा उनी रो’एका थिए। उनले निक्कै ह’तोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्।
तर, सन्दीपलाई ती किशोरीसँग चिनजान गराउने अर्का क्रिकेटरसँग पनि प्रहरीले सोधपुछ गरेको छैन। यस्तै, यही घटनामा जोडिएका अरु दुई जनासँग पनि सोधपुछ गर्न बाँकी रहेको स्रोतले बतायो।
स्रोतका अनुसार प्रहरीले अहिलेसम्म होटलमा गएको सीसी’टिभी फुटेज र किशोरीको नागरिकता मात्रै प्रमाणका रुपमा संकलन गरेको छ।
भदौ २१ गते किशोरीले सन्दीपविरु’द्ध बला’ त्कारको आ’रोपमा जा’हेरी दिएकी थिइन्। जा’हेरी पर्दा विदेशमै रहेका सन्दीप त्यसको एक महिनापछि नेपाल फर्किएका थिए।
आत्म सम’र्पण गर्न आएका सन्दीपलाई प्रहरीले असोज २० गते विमानस्थलबाटै प’क्राउ गरेर लगेको थियो। पछिल्लो १५ दिनदेखि उनी हिरा’सतमा छन्। आगामी साता अदालतमा मु’द्दा पेश गरिसक्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ।

