त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले परीक्षा लिएको करिब १५ महिनापछि नतिजा सार्वजनिक गरेको छ । आइतबार त्रिवि परीक्षा नियन्त्रण कार्यलय बल्खुले बीएस्सी प्रथम वर्षको परीक्षा लिएको करिब १५ महिनापछि नतिजा सार्वजनिक गरेको हो ।
कार्यालयले २०७७ सालको ब्याचको २०७८ साउनमा लिएको बीएस्सी प्रथम वर्षको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । नतिजामा स्थगित भएका वा अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयबाट प्रवेशपत्र प्रमाणीकरण गराई कात्तिक १५ गतेपछि कार्यालयको गोप्य शाखामा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ ।
यस्तै, त्रिविद्धारा बिएस्सी सिएसआईटी प्रवेश परीक्षाको आवेदन दिने समय थप
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका लागि सञ्चालन गर्ने प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ ।
विश्वविद्यालयले स्नातक तहको बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका लागि सञ्चालन गर्ने प्रवेश परीक्षाको तालिका र समय संशोधन गर्दै प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको हो ।
संशोधन गरीएको मिति अनुसार कार्तिक १६ गतेसम्म देब्बर दस्तुर तिरी आवेदन फारम बुझाउन सकिने छ भने कार्तिक २९ गते दिनको १२ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।