२००८ मा बाराक ओबामा अमेरिकाको राष्ट्रपति बनेक झल्को दिँदै कन्जरभेटिभ पार्टीका नेता चुुनिएका ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्दैँछन् । उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका उनी ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका हुुन् ।
उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिका ज्वाइँ हुन् । उनले २००९ मा अक्षता मूर्तिसँग बिहे गरेका थिए ।
ऋषि सुनक, बोरिस जोन्सनको मन्त्रिपरिषदमा वित्तमन्त्री थिए । उनले प्रधानमन्त्री बनेपछि देशको अर्थ व्यवस्था मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।
ऋषि योर्कासायरको रिचमण्डबाट सांसद चुनिएका थिए । उनी भारतीय मूलको तेस्रो पुस्ता हो । उनका हजुरबुवा–हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरावाला शहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समय त्यहाँ बसेर इंगल्याण्डको साउथह्याप्टन आएर बसे ।
उनका पिता यशवीर सुनक डाक्टर हुन् भने आमा उषा सुनक फार्मासिस्ट हुन् । उनकी पत्नी अक्षता मूर्ति बेलायतकै सबभन्दा धनी महिलाहरुको सूचीमा पर्छिन् । उनी पत्नीको करसम्बन्धी वि’वादमा परेका थिए भने लक’डाउनको नियम उल्लं’घन गरेकोमा जरिवा’ना तिर्नु परेको थियो ।
उनले एसियाली पहिचान आफ्ना लागि अर्थपूर्ण भएको बताउने गरेका छन् । आफ्नो वेबसाइटमा ऋषिले लेखेका छन्, ‘मेरा मातापिताले धेरै त्याग गरेका छन्, ताकि म राम्रो स्कुल जान सकुँ । म भाग्यमानी थिएँ कि मैले विनचेष्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएँ ।’
अक्सफोर्डमा दर्शन, राजनीति र अर्थशास्त्रको पढाइ गरेका उनी राजनीतिमा आउनु अगाडि उनले बैंकमा काम गरेका थिए । उनले युरोपियन युनियनबाट अलग हुने नहुने बारे भएको जनमत संग्रहमा पक्षमा प्रचार गरोक थिए र उनको संसदीय क्षेत्रमा ईयू छाड्ने पक्षमा ५५ प्रतिशत जनताले मत दिएका थिए ।
बेलायतमा प्रधानमन्त्रीपछि वित्तमन्त्री पद दोस्रो ठूलो मानिन्छ । वित्त मन्त्रीका रुपमा उनले राम्रो काम गरेका कारण पनि भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको थियो ।