पूर्व राष्ट्रिय क्रिकेट कप्तान सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले पी’डित भनिएकी नाबालिगको दुईवटा जन्मदर्ता भेटिएको हल्लाबारे प्रतिक्रिया दिएका छन् ।
ब’लात्का’र आरो’पित लामिछानेमाथि अनुुसन्धानको क्रममा नाबालिगको २ वटा जन्मदर्ता भेटिएको भन्दै केही समयअघि हल्ला चलेको थियो ।
अधिवक्ता घिमिरेले आइतबार जिल्ला अदा’लत काठमाण्डौंमा संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा आफूहरुसँग पि’डित भनिएकी नाबालिगको दुइवटा जन्मदर्ता अहिलेसम्म प्राप्त नभएको खु’लासा गरेका छन् ।
उनले दुईवटा जन्मदर्ता सम्बन्धि अहिलेसम्म कुनै पनि कागजात आफूहरुले फेला नपरेको र फेला परेको अवस्थामा अनुसन्धान गरेर अदालतमा पेश गर्ने बताएका छन् ।
अधिवक्ता घिमिरेले भने, ‘नाबि’लग भनिएकीको जन्मदर्ताको बारेमा कुनै पनि कागजात अहिले हामीसँग उपलब्ध पनि छैन र फेला पनि परेका छैन । त्यसको बारेमा हामी खोज गर्नेछौं र मौका मिलेमा अदालतमा पेश गर्ने नै छौं ।’
सन्दीपमाथि अनुसन्धान र बयान लिइरहेको काठमाण्डौंका गौशला प्रहरी वृत्तले उनीमाथि १२ वर्षसम्मको कै’द सजायको माग दाबी गर्दै आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ ।
मुलुकी फौ’जदारी अप’राधसं’हिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई ब’ला’त्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कै’द सजा’य हुने प्रावधान छ । सोही प्रावधान अनुसार अनुसन्धानमा खटिएको गौशला प्रहरीले सन्दीपलाई १२ वर्षसम्मको कै’द स’जाय माग गरेको हो ।
सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकि’लमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थु’नछेकको मु’द्दा छठपछि अदा’लत खुलेपछि मात्र शुरु हुनेछ ।

