काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मंगलबार हरिवंश आचार्यको घरमा देउसी भैलो खेल्न गएका छन् । चलचित्र महापुरुषको टिमसँगै उनी हरिवंश आचार्यको बुढानीलकन्ठस्थित घरमा देउसी भैलो खेल्न पुगेका थिए ।
देउसीका क्रममा मेयर बालेन, हरिवंश र महापुरुषका निर्देशक प्रदीप भट्टराईले दोहोरी ब्याटल गाएका छन् । देउसी कार्यक्रममा हरिवंशले व्यंग्य गर्दै भने, ‘मेयर बालेनले काठमाडौंमा जति पाए भोट, मैले त्यो भन्दा नि बढी राखिदिएको छु नोट ।’
बालेनले ‘एउटा पत्रकार यहाँ छ । सधैं खन्ने मेरो खे’दो, तर झुक्क्या’एर हरि दाइकोमा आज भेट भो’, कति राम्रो राम्रो गीत यहाँ गाइयो, दुः’ख लाग्छ साथी हो आफ्नै साथीको रेस्टुरेन्ट भत्का’इयो’ भन्दै देउसी भट्ट्याएका थिए ।
यस्तै, आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ टिमले शनिबार साँझ पनि देउसी भैलो खेलेको छ । शनिबार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकारसमेत रहेका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ उपस्थित थिए ।
टिमबाहेक कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्रलगायत उपस्थित थिए । देउसी भैलोमा सार्वजनिक मञ्चबाट शुभकामना दिँदै अभिनेता आचार्यले आउँदो ४ मंसिरमा आफ्नो नीति निर्माणसँगै क्षेत्रको काम गर्ने महापुरूषहरू पठाउन अनुरोध गरे ।
‘

