क्रिकेटर सन्दीप लामिछानेवि’रुद्धको मु’द्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ । ब’लात्कार आ’रोपपछि लामिछाने गत असोज २० देखि प्रहरी हि’रासतमा छन् ।
प्रहरीले शुक्रबार अपरान्ह सन्दीपवि’रुद्धको अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।
योसँगै अब अदालतमा अभि’योग पत्र दर्ताको तयारी भएको स्रोतले जानकारी दियो । तिहार नसकिँदासम्म सन्दीप प्रहरी हि’रासतमै रहने छन् । सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थु’नछेक बहसको काम प्रभावित हुने भएको हो । साथै प्रहरीले आइतबार सन्दीपलाई अदातलमा उपस्थित गराएको छ ।
अदालतले यसअघि हि’रासतमा राख्न अनुमति दिएको अवधि सकिएकाले प्रहरीले अदालतमा सन्दीपलाई उपस्थित गराएको हो । यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदा’लतमा उपस्थित हुन भनेको थियो ।
सन्दीपलाई १० देखि १२ वर्षसम्म कै’द स’जाय गर्न प्रहरीको राय छ । कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबा’लिगलाई ज’बरजस्ती क’रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कै’द स’जाय हुने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार सन्दीप दो’षी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो । सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रा’उ परेका हुन् ।

