नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भनाभन भएको छ । ओलीले रावलले होली वाइनको प्रचार गरेको भन्दै आपत्ती जनाएका हुुन् ।
दुर्नाम संस्था होली वाइन भनी चिनिने ओली सरकारमा ०७२ सालमा शान्ति मन्त्री भएका एकनाथ ढकाललाई अहिले प्रतिनिधिसभा सदस्य बनाउने गलत निर्णय उदांग भएपछि ओलीले होली वाइनको प्रचारक भीम रावल भन्न सक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला भन्दै उनले प्रश्न गरेका छन् ।
‘दु’र्नाम संस्था होली वाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधि सभा सदस्य बनाउने गलत निर्णय उदांग भएपछि एमाले अध्यक्ष केपीले होली वाइनको प्रचारक भीम रावल भन्नुभएछ’।
रावलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो भन्न सक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला र ? राजनीति वि’कृत त्यसै भएको हो र ?’
एक टेलिभिजन अन्तर्वार्तामा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइ भीम रावल भएको आरोप लगाएका थिए । ओलीले एकनाथ ढकाल होली वाइनका प्रचारक नभई भीम रावल भएको आ’रोप लगाएका थिए । एकनाथले एक शब्द पनि होली वाइन नभनेको र भीम रावलले पटकपटक होली वाइन भनेको सुनेको टिप्पणी गरे ।
एकनाथ जापानको युनिफिकेसन चर्चसँग जोडिएका छन् । उनलाई एमालेले प्रतिनिधिसभा सदस्यमा एमालेले समानुपातिक सूचीमा राखेको छ । रावलले त्यसमा आपत्ति जनाउँदै आएका छन् ।

