सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको एक करोड पाँच लाख कित्ता आइपीओ आउने भएको छ। कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको छ।
धितोपत्र बोर्डका अनुसार चैत २४ गतेबाट संस्थाको सेयर निष्कासन सम्बन्धि निवेदन प्रकृयामा गएको छ। कम्पनीले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।
संङखुवासभामा निर्माण भइरहेको ८६ मेगावट क्षमताको उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ। वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ।