राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्ष भाइटीका लगाउन पाइनन् । माइतीमा जुठो परेका कारण भण्डारीले टीका नलगाएकी हुन्। तीनजना भाइमध्ये राष्ट्रपति भण्डारीले डेगेन्द्र पाण्डेलाई भाइटीका लगाउने गरेकी थिइन्। दुई जना भाइ भने अमेरिका छन्।
तर, यस वर्ष जुठो परेका कारण पाण्डे परिवारले कुनै पर्व मनाएको छैन। जु’ठो परेका कारण राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाबाट टीका लगाइनन्। दशैंमा पुरेतबाट टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारण तथा सुभेच्छुकलाई टीका लगाइदिएकी थिइन्।
यता, प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्ष भाइटीका लगाएनन्। स्वकीय सचिव भानु देउवाका अनुसार भातृ शो’कमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएका हुन्।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको गत जेठमा नि’धन भएको थियो। क्या’न्सर रो’गबाट पी’डित प्रेमबहादुरको वीर अस्पतालमा उप’चारका क्रममा नि’धन भएको थियो।

