राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई जिताउन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । गृहजिल्लामा शुक्रबार आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष लिङदेन एमालेको ‘इज्जत’ भएको भन्दै ओलीले यस्तो बताएका हुुन् ।
उनले लिङदेनलाई झापा–३ मा विजयी गराउनु एमालेको इज्जतको विषय भएको जिकिर गरे । ओलीले लिङदेनलाई भोट हालेर जिताउन एमाले जनलाई निर्देशन दिए ।
उनले लिङदेनले नजिते देश द्रो’हीले जित्ने भएकाले एमालेले हलोमा भोट हाल्नुपर्ने तर्क गरे । ‘एमालेले हलोमा भोट हाल्नुपर्छ, एमालेको इज्जत जोगाउन राजेन्द्र लिङदेनले जित्नुपर्छ’, उनले भने, ‘नत्र देश द्रो’हीले जित्छन् ।’
ओलीले निर्वाचनबाट राप्रपा राष्ट्रिय दल बन्ने दाबी गरे । ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने बताए । तर, काँग्रेस र माओवादी केन्द्र भने राष्ट्रिय पार्टीको हैसियतमा रहने अवस्था देखिएको स्वीकार गरे ।
‘काँग्रेस र यसपटकका लागि माओवादी पनि राष्ट्रिय पार्टी भन्ने भयो’, उनले भने, ‘माधव नेपालले खोलेको पार्टीको कन्तबिजोग हुने भयो ।’ ओलीले एमाले एक्लैले निर्वाचनबाट बहुमत ल्याउने उल्लेख गरे ।

