काठमाडौँ महानगरका मेयर बालेन शाहलाई नेपाली सेनाले लगाम लगाएको छ । एक घटनामा अग्रसर भई अरा’जग बन्न सक्ने संकेतपछि सेनाले घटनाको सुुरक्षित अवतरण गराएको हो ।
शंखधर शाख्वाद्वारा स्थापित भनि मानिएको ‘हिटी’ त्रिभुवन विमानस्थल क्षेत्रभित्र नेपाली सेनाको १४ औँ बाहिनीको रेखदेख र सुरक्षा घेरामा अवस्थित छ। सर्वसाधारणका लागि ‘हिटी’मा पहुँचको व्यवस्था पेप्सीकोलातर्फबाट छ।
गत बिहीबार मेयर बालेन विमानस्थलतर्फको प्रवेशद्वार हुँदै आफ्ना समर्थकहरुको भीडसँगै हिटी परियोजनामा पूजा गरी नेपाल सम्वत् मनाउने क्रममा त्यहाँ जान चाहन्थे र अर्कोतर्फबाट रोका’वट उत्पन्न हुँदा ‘गेट भ’त्काउने’ ध’म्कीसमेत मेयरका तर्फबाट आएको थियो।
‘परिस्थितलाई नेपाली सेनाको १४ बाहिनीको नेतृत्व गरेका सहायक रथी विनोद खरेलको सुझबुझ र समन्वयात्मक भूमिकाका कारण तत्काल काबुमा ल्याइयो,’ नेपाली सेना स्रोतले बतायो।
स्रोतका अनुसार मेयरका तर्फबाट सबभन्दा पहिला हवाई विभागका महाप्रबन्धकसँग हिटीमा पहुँचका लागि सम्पर्क राखिएको थियो। स्रोतका अनुसार यसको सुरक्षाको जिम्मेवारी १४ बाहिनीसँग रहेकोले उनीहरुसँग सम्पर्क गरेर मात्र आफूले निर्णय लिन सक्ने जवाफ दिएका थिए।
‘तर यसबीच मेयरका समर्थक उत्तेजक बनेको र प्रवेशद्वार भ’त्काउनेसम्म ध’म्की आउन थालेपछि सेना थप सतर्क बनेको थियो,’ स्रोतले भन्यो।
बु’ल्डोजरसम्म लगाउने कुरा हुन थालेपछि सेनाले कडा तर सकारात्मक रुपमा प्रस्तुत भएपछि मामिला सुल्झिएको स्रोतले बतायो।
सहायक रथीले जबर्जस्ती भएमा सेनाले बल प्रयोग गर्नसक्ने चेता’वनी मेयरलाई दिए पनि भी’डलाई स–साना समूहमा सेनाको सुरक्षा घे’राभित्र रही पूजा गर्न अनुमति दिए।

