नेकपा माओवादी केन्द्रले एकैदिन ५ नेतालाई का’रवाही गरेको छ । चार केन्द्रीय सदस्यसहित एक अर्का नेतालाई पार्टीबाट निष्कासन गरिएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक विज्ञप्तिमार्फत केन्द्रीय सदस्यहरु हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दिपेन्द्रबहादुर पुन मगर तथा केन्द्रीय लेखा आयोगका सदस्य काशिचन्द्र बराललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबा’ही गरिएको जनाएका हुन् ।
उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले पार्टीबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ । भण्डारीले धनकुटा, मण्डलले सप्तरी–१, यादवले पर्सा–४ (क), पुनले रोल्पा (ख) र बरालले कालिकोटमा प्रतिनिधिसभामा सदस्यमा बागी उम्मेदवारी दिएका छन् ।
यस्तै प्रचण्डले पार्टीका तथा गठबन्धनका उम्मेदवारविरु’द्ध बागी दिएका पार्टी प्रदेश समिति सदस्य तथा त्यस्ता उम्मेदवारका प्रस्ताव र समर्थकलाई का’रबाहीका लागि केन्द्रमा सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएका छन् ।
जिल्ला र स्थानीय तहका पार्टी कमिटीमा रहेकाहरुले बागी दिएको भए उनीहरु र समर्थक तथा प्रस्तावकमाथि कारबा’ही गर्न मातहत कमिटीलाई प्रचण्डले निर्देशन दिएका छन् ।

