आसन्न निर्वाचनलाई निष्पक्ष र सफल बनाउन लागिपेको निर्वाचन आयोगले अरुमाथि लगाम लगाइरेका बेला उसकै बदमासी बाहिरिएपछि राजनीति तरंगित बनेको छ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्दा बदमासी गरेको हो ।
आयोगले शनिबार कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा रहेको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार लाभको पदमा रहेको व्यक्ति उम्मेदवार हुन नपाउने भन्दै आयोगले उम्मेदवारी रद्द गरेको हो।
तर डा। कार्कीले उम्मेदवारी दिनुअघि नै उक्त पदबारे प्रष्ट पारिरिदिन निर्वाचन आयोगमा निवेदन दिएको पाइएको छ। गत भदौ २५ गते आयोगमा निवेदन दिएर कार्कीले काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन निर्क्यौल गरिदिन आग्रह गरेकी थिइन्।
उक्त पत्रको जवाफ नदिएको आयोगले शनिबार भने उनी लाभको पदमा रहेको उजुरी परेको भन्दै उम्मेदवारी नै खारेज गरिदिएको छ। समयमा प्रष्ट हुन जानकारी माग्दा जवाफ नदिने तर समय घर्केपछि पुगेको उ’जुरीका आधारमा उम्मेदवारी खारेज गरिदिने आयोगको निर्णयप्रति डा. कार्कीले आपत्ति जनाएकी छन्।
उनले आयोगले उजुरीबारे निर्णय गर्दा आफूले प्रष्ट हुन दिएको निवेदनबारे पनि निर्णय नदिएको भन्दै प्रश्न गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘समय सकिए पछिको उ’जुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही विषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शं’का गर्दछु।
जसरी उ’जुरी समयपछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदन उपर पनि निर्णय गर्नु पथ्र्यो। यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शं’का उब्जिन्छ। स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सो प्रति कुनै अभिलेखिकरण सम्म नगरि निर्णय गर्नु थप शं’कास्पद हुन आउँछ।’
कार्कीले आयोगको निर्णय वि’रुद्ध अदालत जाने घोषणा गरेकी छन्। ‘ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरी आएको यो किसिमको निर्णयका वि’रुद्ध म सम्मानित अदालत जानेछु, उनले भनेकी छन्।

