नेपाली सेनाका एक जना अवकाश प्राप्त जर्नेल आफ्नै घरबाट समातिएका छन् । ललितपुरको धापाखेलस्थित आफ्नै घरमा जुवा खेल्दै गरेका अवकाश प्राप्त जर्नेल समातिएका हुुन् ।
सामान्यतयाः तीन दिन बिदा हुने तिहार पर्व यो वर्ष विविध कारणले सात दिन लामो भएको छ । छठसम्म लगातार बिदा भएकाले बहालवाला कर्मचारी र जर्नेलहरु समय बिताउन पारिवारिक मनोरञ्जनमा रमाउदा फन्दामा परेका हुन् ।
उनको घरमा यसरी नै आधा दर्जन नातेदार र साथीभाइ जम्मा भएर जुवा खेल्दा खेल्दै छिमेकीले खवर दिएपछि प्रहरीले छापा मा’रेर ता’स, ‘कौडा, नगदसहित सबैलाई समातेको बताइन्छ । त्यसरी समातिने मध्ये नेपाली सेनाका पूर्व दुई तारे जर्नेल होमकुमार लावती पनि हुन् ।
ललितपुर प्रहरीले लावतीको घरबाट छ जना समातिएको बताएको छ । प’क्राउ टोलीमा संल’ग्न एक जना प्रहरीले भने, ‘जर्साबको घरमा कौ’डा हानेको खबर आयो । छापा मा’र्दा छ जना फेला परे ।’
लावती अवकाशअघि सेनाको मु’द्दा मामिला हेर्ने कानुन विभाग (प्राड विभाग) का प्रमुख थिए । तीन वर्षअघि अवकाश प्राप्त उनको ठाउँमा अहिले उस्तै रसिक रत्नप्रकाश थापाले जिम्मेवारी सम्हालेका छन् ।

