काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भविष्यमा कालो बादल मडारिएको छ । सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जाल (स्न्याप च्याट एप) बाट कुुराकानीहरू पनि पुुनः भण्डारण गरिएको छ । यस एपमा प्रापकले सन्देश हेर्ने बितिकै सन्देश मेटिने गर्दछ । सन्दीप र आरो’प लगाउने किशोरीले यही सामाजिक सञ्जालमा कुुराकानी गर्दथे ।
सन्दीप लामिछाने र किशोरी बसेको काठमाडौँ सिनामंगलको एक होटेलको सीसीटीभी फुटेजमा त्यस दिन सन्दीप ती कि’शोरी सँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएका छन् । सोही प्रमाणका आधारमा पनि सन्दीप पुर्पक्षका लागि जे’ल जाने सम्भावना बढी भएको प्रहरी र सरकारी वकिलले बताएका छन् ।
अभियोजन पत्र सोमबार जिल्ला अदालत काठमाडौंमा दा’यर गरिदैँछ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजन पत्र दायर गर्न लागेको हो ।
प्रहरी प्रतिवेदनमा ना’बालिग बला’त्कार सम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कै’द स’जाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मुलुकी अप’राध सं’हिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको ज’बरजस्ती क’रणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कै’द हुने व्यवस्था छ । यसबाहेक पी’डितलाई उचित क्ष’तिपूर्तिको माग पनि गरिएको छ ।
सन्दीप पक्षबाट किशोरीको जन्म मिति सरकारी कागजातहरुमा फरक फरक देखिएको दाबी भए पनि प्रमाण नभेटिए ति दाबीहरु निरर्थक हुुनेछन् । प्रमाणले किशोरी बालिग देखिएको सजाय कम हुुने हुुँदा सन्दीप पक्ष यस्तो दाबी गर्दैछ । तर, प्रमाण भेटिएको पुुष्टि भने भएको छैन ।
अभियोजन पत्र दायर भएपछि अदालतमा स’न्दीपको बयान हुनेछ । त्यसपछि थु’नछेक बहस हुनेछ । अदालतले उनलाई ता’रेखमा छाड्ने वा पुर्प’क्षका लागि जे’ल पठाउने भन्नेबारे आदेश दिनेछ । यो प्रक्रिया आउँदो मंगलबारसम्म सकिने बताइएको छ ।
एक नाबालिगले आफूमाथि बलात्कार गरेको आ’रोप लगाउँदै उनीविरु’द्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जा’हेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बला”त्कार गरेको उल्लेख छ ।
एक सरकारी वकिलले भने, “प्रमाणहरू हेर्दा कुनै पनि हालतमा सन्दीप ता’रेख वा ध’रौटीमा छुट्ने सम्भावना छैन । उनी नाबा’लिगसँग होटेल प्रवेश र बाहिरिएको प्रस्टै देखिन्छ । यो फुटेज नै उनी पु’र्पक्षमा जाने पहिलो प्रमाण हो ।”
पुर्प’क्षका लागि थु’नामा गए पनि अदालतको अन्य प्रक्रिया निरन्तर अगाडि बढ्नेछ । भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए ।
केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहे’री परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रा’उ परेका थिए ।

